ॐ, जय, जगदीश, हरे गरेर घण्टी नबजाओैँ : विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ, जय, जगदीश, हरे गरेर घण्टी नबजाओैँ भनेका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय समितिमा बोल्दै नेता शर्माले एउटा नेताको प्रशंसा गर्दा ॐ, जय, जगदीश, हरे गर्ने र अर्को नेतालाई अलि होच्याउने भनेको राजनीतिको विसङ्गतिको पाटो भएको बताएका छन् ।

महामन्त्री शर्माले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा टिकट दिन केही निर्वाचन क्षेत्रमा प्राइमरी इलेक्सन गरेर टिकट दिनसमेत सुझाएका छन् । उनले क्रियाशील सदस्यका बिच इलेक्सन गराई टिकट दिँदा राम्रो हुने बताए ।


Recommended For You