स्राेतमै फोहोर छुट्याएर महानगरलाई सहयोग गर्न गगन थापाको आह्वान

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले,’’काठमाडौ महानगरपालिकाले आजदेखि घरघरबाट नै फोहोरलाई स्रोतमा नै बर्गीकरण गर्न सूचना जारी गरेको छ । महानगरले तारिफ योग्य काम गर्न लागेको छ । महानगरको यस किसिमको महत्वपूर्ण काममा सहयोग पुर्याउनु हामी सबैको दायित्व भएको हुँदा फोहोरलाई स्रोतमै वर्गीकरण गरेर महानगरलाई सहयोग गर्न आह्वान गरेका छन् ।’’

महामन्त्री थापाले आज साउने सक्रान्तिको शुभकामना दिँदै । आफू पनि आजैबाट आफ्नो घरमा स्रोतबाटै फोहोर छुट्याउन सम्पूर्ण तयारी गरेको र आफ्नो क्षेत्रका सबै नागरिकले पनि घरघरबाटै फोहोर छुट्याएर महानगरलाई सहयोग गर्न अपिल गरेका छन् । उनले भनेका छन्,” फोहोर व्यवस्थापनका लागि कतिपय कुराहरू संघले अर्थात् केन्द्रीय सरकारले गर्नुपर्ने काम छन् ती काम गरेर केन्द्रले महानगरलाई सघाउनुपर्ने छ, त्यसमा आफू संघीय सांसदको हैसियतले महानगरलाई सहयोग गर्न सधैँ लागि पर्ने समेत बताएका छन् ।


Recommended For You