काठमाडौँ महानगर प्रवक्तामा नवीन मानन्धर नियुक्त

काठमाडौँ महानगरपालिकाको प्रवक्तामा नवीन मानन्धर नियुक्त भएका छन् । मानन्धरलाई महानगरको छैटौँ कार्यपालिका बैठकले नियुक्त गरेको हो ।

काठमाडौँ महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नवीन मानन्धरले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट दोस्रो पटक वडाध्यक्षमा विजयी भएका थिए । स्पष्ट वक्ताका रूपमा परिचित मानन्धर यसअघि सूचना तथा प्रविधि समिति संयोजकका रूपमा समेत महानगरमा चयन भइसकेका छन् ।

गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरमा नेपाली काँग्रसले १९ वटा वडाध्यक्ष सहित स्पष्ट बहुमत हासिल गरेको थियो ।


Recommended For You