जापान सरकार श्रम तथा सामाजिक सुरक्षा विज्ञ कोइची ओयामाको नेतृत्वमा जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठानका प्रतिनिधिको एक टोली नेपाल भ्रमणमा रहेको छ । ओयामाको टोलीलाई नेपाल ट्रेड युनियन काँग्रेसले स्वागत गरेको थियो
जापान श्रम प्रतिष्ठानका प्रतिनिधि र नेपाल ट्रेड युनियन काँग्रेसका प्रतिनिधि बिच आज श्रम र सामाजिक सुरक्षा बारे अनुभव आदानप्रदान समेत भएको थियो ।
श्रमिकको महत्वपूर्ण मुद्धा सामाजिक सुरक्षा ऐन लागू भए तापनि कार्यान्वयनमा भएको ढिलासुस्तीका बारेमा जापानिज प्रतिनिधि मण्डलले विशेष चासो राखेको थियो ।
