कालिकोट, मुगु र दैलेखलगायतका देशभरिका कतिपय स्थानीय तहबाट आफ्ना सदस्य कर्मचारीलाई सेवाबाट नै हटाउने काम गरेकोप्रति स्थानीय तह कर्मचारी युनियन, नेपालले आपत्ति जनाएको छ ।
प्रेस विज्ञप्ति नै जारी गरेर युनियनले यदि आफ्ना साथीहरूलाई निशर्त काममा फिर्ता नबोलाएमा थप आन्दोलनका कार्यक्रम अगाडि सार्न बाध्य हुने युनियनको विज्ञप्तिमा भनिएको छ ।
देश संघीयतामा गइसकेपछि अहिले संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार सञ्चालनमा छन् । स्थानीय तहमा स्थायी कर्मचारीको पदपूर्ति नभएको हुँदा देशभरिका सबैजसो पालिकामा अहिले अस्थायी, करार र ज्यालादारी कर्मचारी कार्यरत छन् ।
