भगवानको कृपाले म बाँचेँ : पूर्वराष्ट्रपति ट्रम्प

एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताएका छन् ।पेन्सिलभेनियामा आयोजित चुनावी ¥यालीमा गोली प्रहारबाट घाइते भएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै भने, “म आज राती यहाँ हुने थिइनँ।”

ट्रम्पले घटनाको स्मरण गर्दै भने, “मैले चर्को आवाज सुनेँ र मेरो दाहिने कानमा चोट लागेको महसुस गरेँ । मैले तत्काल आफ्नो कानमा हात लगे जुन रगतले ढाकिएको थियो । हामी माथि आक्रमण भइरहेको छ भन्ने मलाई तुरुन्तै थाहा भइहाल्यो । ”

सिक्रेट सर्भिसका कर्मचारीहरुले गोली चलिरहेकै अवस्थामा स्टेजमा पुगेर आफूलाई सुरक्षित स्थानमा लगेको उनले बताए । यदि मैले गोली प्रहार भएको अन्तिम क्षणमा टाउको नचलाएको भए हत्याराको गोली निशानामा लाग्ने थियो । र म आज राती यहाँ हुने थिइनँ । हामी सँगै हुने थिएनौँ”, ट्रम्पले भने ।


Recommended For You