काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद् भवन नौ महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा निर्माणाधिन संसद् भवनको निरीक्षणपछि उनले कामको गति सुस्त भएको उल्लेख गर्दै समयमै काम सक्न निर्देशन दिए ।
“सिफ्ट बढाएर भए पनि तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्नुप¥यो । केही अप्ठ्यारा छन् भने मन्त्रालय सहजीकरण गर्न तयार छ । समयमा सबै काम सकियोस् । आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी तत्परताका साथ काम गर्नुहोस्”, उनले भने । तोकिएको समयावधिमा काम सम्पन्न नहुने गुनासो सुनिएपछि निरीक्षणका लागि आएको बताउदै उपप्रधानमन्त्री सिंहले कामलाई तिब्रता दिन निर्देशन दिए ।
