एजेन्सी । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारतमा शरण लिएकी छन् । व्यापक विरोध प्रदर्शनपिछ प्रदर्शनकारी सरकारी निवास प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेपछि राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडे सेनाको हेलिकोप्टरबाट भारत पुगेकी हुन् ।
स्रोतका अनुसार “प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “उहाँले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहनुभएको थियो । तर त्यसो गर्ने मौका पाउनुभएन ।”
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिएकी हुन् ।
आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उmर्जा मिलेको छ ।