काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

यसअघि काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँड थिए । खाँड गृहमन्त्री भएपछि सो पद रिक्त रहेको थियो । सभापति देउवाले संसदीय दलको सचेतकमा भने मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका छन् । यसअघि सचेतकमा उपसभामुख पुष्पा भुसाल रहेकी थिइन् । पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भइसकेपछि सचेतक पद पनि रिक्त रहेको थियो ।


Recommended For You