
काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्काशमान सिंहले संघीयतालाई बलियो बनाउन संघ र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभएको छ । `शहरी पूर्वाधार : प्राथमिकता तथा वित्त व्यवस्थापन´ कार्यशालामा आज नगर प्रमुखज्यूहरूसँग छलफल गर्ने क्रममा सिंहले सो कुरा बताउनुभएको हो ।
संघीयतालाई बलियो बनाउन संघ र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्नेमा सँधै जोड रहेको मन्त्री सिंहको भनाइ थियो ।