
काठमाडौँ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले मातहत कार्यालय प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।
गत भदौ ८ गते संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र एआईजी तामाङबीच भएको सम्झौता अनुसार आइतबार रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
समारोहमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको समीक्षा गरिएको थियो। समीक्षा क्रममा कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदै एआईजी तामाङले सम्झौतामा उल्लेख गरिएका कार्यहरू प्रभावकारी रूपमा पालना गर्न मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो।
प्रहरी सेवालाई अझ चुस्त-दुरुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता महत्वपूर्ण माध्यम हुने उल्लेख गर्दै उहाँले नयाँ आर्थिक वर्षको सम्झौतामा नवप्रवर्तन, सिर्जनात्मक कार्य र समसामयिक विषयहरू समेत समेटिएको जानकारी दिनुभयो। साथै, “सुरक्षित काठमाडौं उपत्यका (Safer Kathmandu Valley)” अभियानलाई सफल बनाउन सबै मातहत कार्यालयहरूको ऐक्यवद्धता रहने विश्वास पनि व्यक्त गर्नुभ