नवलपरासी । सुस्ता गाउँपालिका ३ स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्बली सेड तथा तीन शौचालयसहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्रटक्लाड, ग्लास्गो, स्कटल्यान्डको एक लाख पाउन्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिडटाउनले निर्माण गरेको हो । भवनको साँचो रोटरी क्लब अफ काठमाडौं मिडटाउनका पूर्वअध्यक्ष अजय स्थापितले विद्यालय व्यवस्थापन समिमितका अध्यक्ष प्रेमचन्द्र चौधरीलाई हस्तान्तरण गरेका थिए । उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत पशुपति शिक्षा प्रसार समिति नेपालले संचालन गर्दै आएको छ ।
