उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

उदयपुर । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपाना भएकोे छ ।
जिल्ला समन्वय समिति उदयपुरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचन सम्बन्धी कार्यहरु सम्पन्न गराउन आजैबाट कार्यालय सञ्चालनमा ल्याइएको बताए ।
निर्वाचन आयोगले उदयपुरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदी र निर्वाचन अधिकृतमा फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जीवनकुमार भण्डारीलाई नियुक्त गरेको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचन सम्पन्न गर्नुपर्ने काम गर्न वा गराउनका लागि प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था भए अनुसार आपूmहरु नियुक्त भएकोले शनिवारबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपना गरी निर्वाचन सम्बन्धी कामको सुरुवात गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।


Recommended For You