विद्यार्थीले गरे मन्थली डाँंडाको सरसफाइ

भक्तपुर । भक्तपुरको एभरेस्ट इंग्लिस स्कुल मिवाछें ब्याँसीका विद्यार्थीले सूर्यविनायक नगरपालिकाको गुन्डुमा पुगेर सरसफाइ अभियान चलाएका छन् । कक्षा ७ मा अध्ययन गर्ने ३७ जना छात्रछात्राले शिक्षकशिक्षिकाहरूको साथमा सूर्यविनायक नगरपालिका ७ गुन्डुको मन्थली डाँंडामा पुगेर सरसफाइ गरेका हुन् ।

मन्थलीस्थित जंगलबीचमा रहेको यो ठाउँं पिकनिक स्पोटको रुपमा रहेको छ । करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ठाउँंमा विद्यार्थीले फोहर, पानीका बोटल, रक्सीका बोटलहरू, प्लाष्टिक, सिसाका टुक्रा संकलन गरी व्यवस्थापन गरेका छन् ।

सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँंमा फोहोर संकलन गरी थुपार्न एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । साथै ठाउँठाउँंमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर पनि त्यहाँं आउने सर्वसाधारणले फोहोरलाई ठिक ठाउँंमा नफाली जथाभावी फाल्नाले त्यहाँं फोहोर देखिएकोले यही फोहोरलाई संकलन गर्न स्कुलले नै विद्यार्थीलाई त्यहाँं लगेको थियो ।

 


Recommended For You