२३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने

काठमाडौं । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले २३ असोजको मिति तोकेको छ । २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
प्रवक्ता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रत्यक्ष निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’
समानुपातिकतर्फको बन्द सूचीको नाम पेस गर्ने र सच्याउने काम सम्पन्न भएपछि आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति र समय तोकेको हो ।


Recommended For You