लोयोला विद्यालयमा वसन्तपञ्चमीको पूजा सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ । सरस्वतीलाई विद्याकी देवीको पूजा आराधना गरी बालबालिकालाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिर र विद्यालयहरूमा घुइँचो लागेको थियो ।

काठमाडौं सिनामंगलस्थित लोयोला स्कुलले पनि विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी नयाँ विद्यार्थीलाई अक्षरारम्भ गराएको थियो । अध्ययनरत विद्यार्थीले विभिन्न कार्यक्रम गरी नयाँ साथीहरूलाई स्वागत गरेका थिए । पूजाआजासँगै विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमका साथै नाटकमासमेत प्रदर्शन गरेका थिए । कार्यक्रम अभिभावकले रुचिपूर्वक अवलोकन गरेका थिए ।

विद्यार्थीले एक दिन मात्र पूजा गरेर हुँदैन । आफ्नो जिम्मेवारीलाई बुझेर निरन्तर पढाइमा साधना गर्नेले मात्र सफलता पाउँछ । त्यसका लागि घरपरिवार एवं अभिभावकको पनि महत्त्वपूर्ण भूमिका रहेको कुरा विद्यालयाका प्राचार्य रमेश पनेरुले बताए । कार्यक्रममा सानासाना नानीबाबुदेखि कक्षा १२ सम्मका विद्यार्थीले आप्ना प्रस्तुति देखाएका थिए । विद्यालयले प्रत्येक वसन्तपञ्चमीका अवसरमा कार्यक्रम गरेर नयाँ भर्नाका लागि नाम दर्ता गराउँ आएको छ ।


Recommended For You