एजेन्सी
अस्ट्रेलियाका वैज्ञानिकहरूले एक मिसन सुरु गरेका छन् । नयाँ मिसन २०२५ सम्म चन्द्रमामा बिरुवाहरू उब्जाउने रहेको छ । उनीहरूले यस मिसनमार्फत भविष्यको उपनिवेशका लागि मार्गप्रशस्त गर्न सक्नेछन् ।
क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियानअन्तर्गत बेरेसिट २ अन्तरिक्ष यानले बिउ बोक्ने बताए ।
यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाई पानी दिइनेछ । बिज अंकुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अंकुरण हुने बिरुवा छनोट गरिने उनले बताए । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीविना बाँच्न सक्छ ।
