काठमाडौं । त्रिवि चिकित्सा शास्त्रका आन्दोलनरत विद्यार्थीले बुधबार सिठ्ठी जुलुस निकालेका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालेको सिठ्ठी जुलुसमा सहभागी विद्यार्थीहरूले आफूलाई पढ्ने वातावरणको माग गरेका थिए ।
उनीहरूले ‘सहमतिपत्र लागू गर, पीडित विद्यार्थीलाई न्याय दे, विद्यार्थीलाई पढ्न दे’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
