दक्षिणी युक्रेनमा रुसको आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी । दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा रुसले सातवटा क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रणमा परी १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रमध्ये तीनवटा सहरका केन्द्रमा खसेका थिए ।

‘क्षेप्यास्त्र आक्रमणमा एक बालकसहित कुल १७ जनाको मृत्यु भएको छ । शनिबार मृतकको संख्या १४ बताइएको थियो । क्षेप्यास्त्र आक्रमणबाट मुख्य सहरमा रहेको एउटा पाँचतले भवन पूर्णरूपमा जलेको छ ।


Recommended For You