तेह्रथुम । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि तेह्रथुममा २८ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेश सभामा १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय तेह्रथुमका अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा १० जना र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा आठजनाले मनोनयन दर्ता गरेका छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गरेकी छिन् । उनलाई सत्ता गठबन्धनको साथ छ । एमालेबाट विजय सुब्बाले मनोनयन दर्ता गरेका छन् । प्रदेश सभा निर्वाचन ‘क’ मा कांग्रेसका सन्तोष सुब्बा र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईंले मनोनयन दर्ता गरेका छन् । निर्वाचन क्षेत्र ‘क’ मा एमालेका किशोरचन्द्र दुलाल र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा तेजमान कन्दङवाले मनोनयन दर्ता गरेको गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार एकीकृत समाजवादीले प्रदेशसभा ‘क’ मा कृष्ण चोङबाङ र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ शिवनाथ खापुङ मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा युवराम गौतमले मनोनयन दर्ता गरेका छन् । प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धनश्याम पौडेल र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा धनराज कन्दङवाले मनोनयन दर्ता गरेका छन् । संघीय लोकतान्त्रिक मञ्चबाट प्रतिनिधिसभातर्फ विष्णुकुमार चोङबाङले मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा ‘क’ मा संघीय लोकतान्त्रिक मञ्चबाट दिलकुमार लिम्बू र प्रदेशसभा ‘ख’ मा शेरबहादुर ईङनामले मनोनयन दर्ता गरेका छन् ।
जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभामा नारायणमान गुरुङ, प्रदेशसभा ‘क’ मा सूर्यबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गौरीप्रसाद कन्दङवाले प्रतिनिधीसभा र प्रदेशसभा ‘क’ मा चन्द्रबहादुर विश्वकर्मा र प्रदेश सभा ‘ख’ मा वमबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधिसभामा राजेन्द्रकुमार लिम्बूले मनोनयन दर्ता गरेका छन् । मंगोल नेसनल अर्गानाइजेसनबाट प्रतिनिधिसभामा गंगाबहादुर चोङबाङ र प्रदेश सभा निर्वाचन ‘क’मा छितिज लिम्बू, प्रदेश ‘ख’मा सुनिल कन्दङवाले मनोनयन दर्ता गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट प्रतिनिधिसभामा टंकप्रसाद भट्टराई मनोनयन दर्ता गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा दिलबहादुर सोदेम्बाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभामा शुसन चोङबाङ लिम्बूले स्वतन्त्र मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ खगेन्द्र कटुवाल र प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० मानध्वोज इस्वोले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् ।
