एजेन्सी । चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाका लागि खतरा भएको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग गर्न सक्ने उनले आरोप लगाए ।
फ्लेमिङले चीनले प्रविधि हेरफेर गर्न डिजिटल मुद्राबाट उपग्रह प्रणालीमा आफ्नो वित्तीय र वैज्ञानिक शक्ति प्रयोग गरेको बताए । फ्लेमिङ गभर्मेन्ट कम्युनिकेसन हेडक्वाटर्स (जिसिएचक्यु) का प्रमुख हुन् ।
‘आफ्ना नागरिकहरूको क्षमतालाई समर्थन गर्ने र बाहिर निकाल्ने तरिकाहरू खोज्नुको सट्टा चीनले नागरिकलाई नियन्त्रण गर्ने अवसरहरू देख्छ’, फ्लेमिङले भने।
