आज चुनाव चिह्न वितरण र उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्दैछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरूलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरूको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरूलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।

 


Recommended For You