मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभाको १३औँ अधिवेशन आह्वान गरेका छन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बारा सिफारिस भई आएअनुसार प्रदेश सभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
