बागमती प्रदेश सभाको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

बैठकमा प्रदेश सभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले जानकारी दिए ।

प्रदेश सभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ । यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।

सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी सर्वदलीय बैठक बस्न लागेको हो । बागमती प्रदेश सभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन । दलबीचको विवादका कारण यहाँको प्रदेश सभा बैठक प्रभावित हुँदै आएको हो ।


Recommended For You