काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८०औँ सचिवालय बैठकले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार पार्टीको १०औँ महाधिवेशनको तयारी लगायतका विषयमा बैठकमा छलफल भएको थियो ।
