बागमती प्रदेश सभाको बैठक राति १२ बजेदेखि अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेश सभाको चालु अधिवेशनको बैठकको बुधबार राति १२ बजेदेखि अन्त्य गरेका छन् । उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

प्रदेश सभाको गत चैत १९ गते बसेको बैठकमा मुख्य मन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिनु भएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए ।


Recommended For You