बझाङको मतगणना सुरु

बझाङ । बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गरेको छ । मतगणना सुरु भएको उनले बताए ।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


Recommended For You