कोशी प्रदेश सभाको अधिवेशन आह्वान

मोरङ । कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही ३१ वैशाखमा विहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।


Recommended For You