स्वास्थ्योपचार सेवालाई पूर्ण नि:शुल्क गर्ने गरी काम भइरहेको छ : मुख्यमन्त्री लामा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई पूर्ण नि:शुल्क गर्ने गरी काम भइरहेको बताएका छन् ।

हेटौँडामा आयोजित प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे । “बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु खाने, अव्यवस्थित जीवन पद्दति अवलम्बन गर्दा स्वास्थ्य समस्या हुन्छ । त्यसैले दैनिकी, खानपानलगायत स्वास्थ्य बन्ने कुरामा सचेत गराउने तथा स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारेका छौँ । यसमा सबैको सहयोग आवश्यक छ”, उनको भनाइ थियो ।

 


Recommended For You