प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता पत्नी आरजुमार्फत

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी पत्नी आरजु देउवाले दर्ता गराएकी छिन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी हुन् ।

देउवाको प्रस्तावक कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौत र समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी छन् ।
देउवा डेल्धुरामा २०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका छन् । देउवाको यो आठौं निर्वाचन हो । उनलाईा स्वतन्त्रबाट सागर ढकाले चुनौती दिएका छन् ।


Recommended For You