बाजुरा । कांग्रेस सहमहामन्त्री पाण्डेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले आइतबार सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्।
सत्ता गठबन्धनले प्रदेशसभा सदस्यका लागि बाजुरा–१ ‘क’ बाट कर्णबहादुर बिक र ‘ख’ बाट पदमबहादुर शाहीलाई उम्मेदवार बनाएको छ।
बिक नेकपा माओवादी केन्द्रबाट र शाही कांग्रेसबाट उम्मेदवार बनेका हुन्।
एमालेले बाजुरामा कर्णबहादुर थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। २०७४ को निर्वाचनमा बाजुराबाट एमाले नेता लाबहादुर थापाले जितेका थिए
यस्तै प्रदेशसभा सदस्यका लागि एमालेले ‘क’ बाट लालबहादुर थापा र ‘ख’ बाट बलदेव रेग्मीलाई टिकट दिएको छ।
