एजेन्सी । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत ३२ वर्षीया नर्स लुसी लेट्बिलेलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । उनीमाथि उत्तरपश्चिम इंगल्यान्डको चेस्टरको काउन्टेस अफ चेस्टर अस्पतालका शिशुको हत्या गरेको आरोप छ । उक्त अस्पतालमा उनले काम गरेकी थिइन् ।
सन् २०१५ को मध्यतिर दुई बालबालिकालाई इन्सुलिनबाट विष सेवन गराएको अर्को आपरोप पनि छ । उनले यस्तो कार्य जानाजानी गरेको उक्त मुद्दासँग सम्बन्धित वकिल निक जोनसनले बताए । सन् २०१५ र जुन २०१६ का बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास आरोप भने अस्वीकार गरेकी छिन् ।
