काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २ सय ६५ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं १ मा दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले उम्मेदवारी दिएका छन् ।
काठमाडौं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्र मिश्रलाई उठाएको छ । ०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा सिंह र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो ।
काठमाडौं १ मा विवेकशील साझा पार्टीले शंकर बन्जाडे र राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई उठाएको छ ।
काठमाडौं २ मा दल र स्वतन्त्र गरी ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्ती देवी पोखरेल (उपाध्याय), विवेकशील साझा पार्टीबाट धनेज थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले उम्मेदवारी दिएका छन् ।
काठमाडौं ३ मा दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेकपा एमालेले कृष्णबहादुर राई, कांग्रेसले सन्तोष चालिसे, नेकपा (माओवादी केन्द्र)ले बद्रीप्रसाद बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा विक्रम थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं ४ मा दल र स्वतन्त्र गरी ३५ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले राजन भट्टराई, सत्तारुढ गठबन्धनबाट कांग्रेसका नेता गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले डा. ठाकुर मोहन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले अरुण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं. ५ मा दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट ईश्वर पोखरेल, सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामप्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. प्रणय समसेर राणा छन् ।
काठमाडौं ६ मा दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेपका एमालेले सर्वेन्द्र खनाल, सत्तारुढ गठबन्धनबाट कांग्रेसले मीसेनदास प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीले विष्णुप्रसाद आचार्य, विवेकशील साझा पार्टीले अजित खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाललाई उम्मेदवार बनाएको छ ।
काठमाडौं ७ मा दल र स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेका श्यामकुमार घिमिरे, सत्तारुढ गठबन्दनबाट नेकपा (माओवादी) केन्द्रकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली रहेका छन् ।
काठमाडौं ८ मा दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले शिवसुन्दर राज वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रकाश रिमाल, सत्तारुढ गठबन्धनबट नेकपा (एकीकृत समाजवादी)ले जीवनराम श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले विराजभक्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं ९ मा दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले कृष्ण गोपाल श्रेष्ठ, सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले कल्पना धमला, राष्ट्रिय प्रजातन्त्र पार्टीले देवेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीले टेकबहादुर पोखरेललाई उठाएको छ ।
काठमाडौं १० मा विभिन्न दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेकपा एमालेबाट हिमेश केसी, कांग्रेसबबाट राजेन्द्रकुमार केसी, नेकपा (माओवादी केन्द्र)बाट अन्जना बिशंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम थापा, विवेकशील साझा पार्टीबाट सनन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट प्रदीप विष्ट रहेका छन् ।






