संसारभरि मंकिपक्स संक्रमितको संख्या ७० हजार, २६ को मृत्यु

एजेन्सी । संसारभरि मंकिपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लुएचओले बुधबार चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ ।

डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ । अहिलेसम्म मंकिपक्सबाट २६ जनाको मृत्यु भएको छ ।


Recommended For You