एसियालीमूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने

ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका थिए । त्यसको ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका हुन् ।

ऋषि सुनक, बोरिस जोन्सनको मन्त्रिपरिषद्मा वित्तमन्त्री थिए । उनले प्रधानमन्त्री बनेपछि देशको अर्थ व्यवस्था मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।

ऋषि योर्कासायरको रिचमन्डबाट सांसद चुनिएका थिए । पार्टी नेतृत्वमा विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिस एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशले आर्थिक र ऊर्जा संकटको सामना गरिरहेका वेला सुनक प्रधानमन्त्री भएका छन् ।


Recommended For You