राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ वानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाए । उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे ।

राष्ट्रिय सभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।


Recommended For You