सरकार पुन:गठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार पुन:गठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का हितबहादुर तामाङ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पदम गिरी रहेको बताइएको छ । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।


Recommended For You