कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार तेस्रोपटक विश्वासको मत लिँद

सुर्खेत । कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ प्रदेश सभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीनपटक विश्वासको मत लिनेछन् ।


Recommended For You