कोशी प्रदेश सभाको विशेष अधिवेशन

विराटनगर । कोशी प्रदेशको विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेश सभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभा हल विराटनगरमा अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गर्नुभएको थियो ।

Recommended For You