प्रदेश सभा सचिवको शपथ

विराटनगर । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाको सचिवालय हलमा आयोजित समारोहमा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराए ।

प्रदेश सभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधी २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख पराशुराम खापुङले सो पदमा पुनः नियुक्त गरे । पराजुली २०७६ साल वैशाख ९ गते कोशी प्रदेश सभाको सचिव पदमा नियुक्त भएका थिए ।


Recommended For You