गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


Recommended For You