एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गरे ।

नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेश सभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वानअनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिए ।

कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको हो । यसअघि कोशी प्रदेश सभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।


Recommended For You