मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेश सभाको बजेट अधिवेशनको बैठक बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको बैठक आह्वान गरेका थिए । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
त्यसैगरी आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।
