कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश सभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेश सभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।

बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा ६२ सांसद उपस्थित थिए ।


Recommended For You