स्वास्थ्य सेवामा स्वास्थ्यकर्मी संवेदनशील हुन आवश्यकक छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्यकर्मीहरु संवेदनशील हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सीमित साधन स्रोतका वावजुत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकोमा प्रशंसा व्यक्त्त गरे ।

स्वास्थ्य मन्त्रालयसमेत सम्हालनुभएका मुख्यमन्त्री कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर ।उनले प्रदेश सरकारले जनशक्ति, बजेटको कमी, साधनस्रोतको अभाव, क्षेत्रअधिकारका कारण सोचअनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो समेत व्यक्त्त गरे । मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धामा सङ्घभन्दा उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरु लाग्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिँदै यसले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास जनाए । स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको सरुवा, बढुवा र वृत्ति विकासलाई कार्यविधि बनाउन मापदण्डअनुसार कानुनद्वारा निर्देशित गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

 


Recommended For You