काठमाडौँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।
भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरे । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँमा छन्। उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
