द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्छ : मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित भएको बताए । उनले यस क्षेत्रका सबै द्वन्द्वपीडितको अभिभावक भनेको प्रदेश सरकार हो भने ।

 


Recommended For You