एमाले प्रवेश गरेका अब्दुस मियाँ गोरखा २ बाट चुनावमा उठ्ने

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ।

नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनी ६ असोजमा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।

मियाँ काठमाडौं ६ बाट स्वतन्त्रबाट चुनाव उठ्ने घोषणा गरेका थिए । उनलाई पार्टी प्रवेश गराएपछि भएको एमाले सचिवालय बैठकमा उनको व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

उनलाई काठमाडौँ ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने भन्ने विषयमा सचिवालय बैठकमा छलफल भएको थियो । गोरखा २ मा टिकट दिनका लागि एमाले गोरखाका नेताले केन्द्रीय कमिटीमा लबिङ गरेका छन् ।

 


Recommended For You