काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ४ मंसिरको निर्वाचनमा नठ्ने घोषणा गरेका छन् । सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।
संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशील रहने उनले बताए । उनले यसअघि सिन्धुपाल्चोचक १ बाट जितेका थिए । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।
