काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न पाइने भएको छ ।
निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था हटाएको जानकारी दिएको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तै गरी सावारीसधान सञ्चानल नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधानलाई सञ्चालन अनुमति दिइनेछ । अघिल्ला निर्वाचनमा सवारीसाधन सञ्चालनमा बन्देज हुँदा विभिन्न समास्या आएकाले आयोगले यस्तो निर्णय गरेको हो ।
सवारीसाधन सञ्चालन अनुमति पत्र लिन भिड लाग्ने र विभिन्न दलहरूले वृद्धवृद्धालाई मतदानस्थलसम्म ल्याउन अप्ठ्यारो भयो भन्ने गुनासो आएपछि नियन्त्रित रूपमा सवारीसाधान खुला गरिएको हो ।
